वैशाखदेखि साउन १७ सम्म देशभर ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाको मृत्यु

Monday August 3, 2026

पढ्न लाग्ने समय :


गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा १९६ जनाको ज्यान गएको छ । यस्तै, एक हजार २१८ जना घाइते भएका छन् भने चार बेपत्ता छन् ।

सो अवधिमा सबैभन्दा बढी अर्थात् एक हजार २४ आगलागीका घटना भएका छन् । सर्पदंश ७१६, चट्याङ २३१, लेक लाग्नु ५७, पहिरो ६८५, जनावर आक्रमण २२५, बाढी २००, हुरीबतास ४८०, भारी वर्षा २२७, डढेलो १९१, डुंगा पल्टनु र विस्फोटका समान एक–एक घटना भएका छन् ।

त्यस्तै, असिना र भूकम्प चार–चार छन् भने अन्य पाँचवटा घटना घटेको प्राधिकरणको विवरणमा उल्लेख छ । विपद्का कारण पाँच हजार १८८ घरपरिवार प्रभावित भएका छन् ।

विपदबाट जोगिन पूर्वसावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ । वर्षाको समयमा अकस्मात बाढीपहिरो आउने, सर्पदंशको जोखिम हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर कुल ३४ वटा विपद्का घटना घटेका छन् । विपदमा परेर एकजनाको ज्यान गएको छ भने २० घाइते भएका छन् । विपद्का कारण देशभरका २५ जिल्ला प्रभावित भएका छन् । देशका दुई सडक अवरुद्ध हुन पुगेको छ । विपद्का कारण रु २७ लाख २५ हजारबराबरको अनुमानित क्षति भएको छ । उद्धार, राहत लगायतका कामका लागि २७१ प्रहरी परिचालन गरिएको थियो । रासस


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।