वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यकः भौतिकमन्त्री दाहाल

Wednesday November 20, 2024

पढ्न लाग्ने समय :


भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्पछि मुलुकका मुख्य राजमार्गहरुको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्ने आवश्यक रहेको बताउनुभएको छ । बुधवार सिंहदरबार स्थित भौतिक मन्त्रालयमा आयोजना गरिएको पूर्वाधार, जलश्रोत, जलवायु लगायत क्षेत्रका विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले मुलुकका मुख्य राजमार्गहरुको विकल्पमा अन्य राजमार्ग बनाउन आवश्यक देखिएकाले सरकारले छलफल अगाडि बढाएको बताउनु भयो । उहाँले बाढी, पहिरोले निम्त्यिाएको विपद्पछि वैकल्पिक राजमार्ग बनाउन जरुरी देखिएको उल्लेख गर्नुभयो । उहाँले नागढुङ्गा–मुग्लिङ सडकको विकल्पको रुपमा सोच्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले विपी राजमार्गको विकल्पको रुपमा अर्को सडक बनाउने विषयमा सरकारले सोचि रहेको बताउनु भयो । उहाँले विज्ञहरुले नदी किनारमा सडक बनाउन नहुने सुझाव दिएको भन्दै सो विषयमा सरकार गम्भिर रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अहिले भएका राजमार्गहरुको विकल्पमा अन्य सम्भावित राजमार्गहरु निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यो विषयमा सरकारले सोचिरहेको छ । बाढी पहिरोको विपद्पछि सरकारले वैकल्पिक सडक निर्माण गर्ने विषय सोचिरहेका छौं । छलफल पनि भएको छ । नागढुङ्गा सडकको विकल्पको रुपमा सोच्नुपर्ने अवस्था छ । विपी राजमार्गको विकल्पको रुपमा अर्को सडक सोच्नुपर्ने भएको छ । त्यसको विषयमा पनि सोचिरहेका छौं । विज्ञहरुले नदी किनारमा सडक बनाउन नहुने भन्नुभएको छ । क्रसरहरु प्रायःसबै बगाएको छ । क्रसर बगाउँदा निर्माण सामाग्रिको अभाव हुनसक्ने कुरा आएका छन् । क्रसर आवश्यक छन् । ठिक ढङ्गले नियमन गरेर अगाडि बढ्न जरुरी छ ।’  

उहाँले असोजमा आएको बाढी पहिरोले क्रसरहरु उद्योगमा ठूलो क्षति भएको भन्दै निर्माण सामाग्रिको अभाव हुनसक्ने सुझाव आएकाले क्रसर ठिक ढङ्गले नियमन गरेर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो । छलफलका क्रममा विज्ञहरुले जलवायु परिवर्तनको प्रभाव र असरलाई मध्यनजर गरी पूर्वाधार निर्माणका योजनाहरु बनाउन सुझाव दिएका थिए ।


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश