वीरेन्द्र र ज्ञानेन्द्रको ठाउँमा ओली, देउवा र प्रचण्ड आउनु क्रान्ति होइनः मन्त्री गुरुङ

Monday February 17, 2025

पढ्न लाग्ने समय :


सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजा वीरेन्द्र वा पूर्वराजा ज्ञानेन्द्र शाहको ठाउँमा केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल आउनुलाई क्रान्ति नभनिने टिप्पणी गर्नुभएको छ । सोमवार काठमाडौंमा हुलाक टिकट प्रदर्शनी कार्यक्रम तथा पञ्चमार्क मुद्रा र भित्रिकोट दरबार अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले क्रान्ति राजा वीरेन्द्र, पूर्वराजा ज्ञानेन्द्रको ठाउँमा केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउनुलाई क्रान्ति नभनिने बताउनु भयो । उहाँले क्रान्ति इतिहासमा, समाजमा, कृषि, विद्युत, उत्पादन प्रणाली र विज्ञान प्रविधिमा देखिनुपर्ने बताउनु भयो । मन्त्री गुरुङले राजनीतिक क्रान्तिको रापले यि विषयहरु छुन नसकेको बताउनु भयो ।
मन्त्री गुरुङले भन्नुभयो, ‘जेजे भइरहेको छ, त्यो मात्रै होइन हरेक चिजमा चेन्ज आउनुप¥यो । केही न केही परिवर्तन हुनुप¥यो । अनि न क्रान्ति भयो । क्रान्ति भनेको खालि वीरेन्द्रको ठाउँमा वा ज्ञानेन्द्रको ठाउँमा अब अहिले केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड आउँदैमा मात्रै क्रान्ति हुँदैन नि । क्रान्ति भनेको त हाम्रो इतिहासमा देखिनुप¥यो, समाजमा देखिनुप¥यो । हाम्रो कृषिमा देखिनुप¥यो । हाम्रो बिजुलीमा, उत्पादन प्रणालीमा, हरेक चिजमा देखिनुप¥यो । हाम्रो विज्ञान प्रविधिमा देखिनुप¥यो । राजनीतिक क्रान्तिको रापले यस्ता कुराहरु छोएको छैन । त्यो छुने अब हामीले बनाउनुपर्छ । यसलाई आधुनिकीकरण र व्यवस्थापन गर्नेकुरामा पनि हामीअघि बढ्नुपर्छ ।’

मन्त्री गुरुङले यसलाई आधुनिकीकरण र व्यवस्थापन गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको