विद्यालय शिक्षामा डिजिटल मार्केटिङ शिक्षाको माग

Tuesday January 27, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढीमा सञ्चालित सीप तथा रोजगार मेलामा डिजिटल मार्केटिङ सिकीरहेका अमित बिसी २ वर्षदेखि डिजिटल मार्केटिङको काम गर्दै आएका छन्। उनले हाल मासिक ३० हजार रुपैयाँ आम्दानी गरिरहेको र आगामी दिनमा मासिक ६० हजार रुपैयाँ कमाउने लक्ष्य राखेकका छन्।

धनगढी उपमहानगरपालिकाले डिजिटल मार्केटिङको तालिम दिन थालेपछि थप नयाँ प्रविधिसहितको डिजिटल मार्केटिङ सिक्न आएको उनले बताए। उनले भने, ‘अहिलेको पुस्ताका लागि डिजिटल मार्केटिङ महत्वपूर्ण छ। भविष्यका लागि ठुलो सम्भावना छ। विद्यालयहरूमा समेत सिकाउनु पर्छ। एआइहरू सिकाउनु पर्छ।’

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सीप तथा रोजगार मेलामा २६ जनाले डिजिटल मार्केटिङ तालिम लिइरहेका छन्। प्रायः ३० वर्ष मुनीका युवाहरू डिजिटल मार्केटिङ सम्बन्धी सीप लिइरहेका छन्। उनीहरूले विश्व बजारमा नयाँ प्रविधिको विकाससँगै डिजिटल मार्केटिङको आवश्यकता बढेकाले विद्यालय स्तरमा नै डिजिटल मार्केटिङको सीप सिकाउन आवश्यक रहेको बताएका छन्। उनले भने, ‘अनलाइन व्यापारको योजना छ। प्रमाणपत्र पाएपछि ६० हजार आम्दानी गर्ने लक्ष्य बताएको छ।’

फेसबुक, टिकटक, इन्स्ट्राग्राम लगायतका सामाजिक सञ्जालमार्फत व्यापार गर्न सकिने भएकोले यो व्यवसाय बजारमा फैलिएको छ। सुदूरपश्चिम प्रदेशका युवाहरूमा पनि पछिल्ला वर्षहरूमा डिजिटल मार्केटिङप्रति आकर्षण बढेको छ। दिउँसोको समयमा कार्यालय हुने व्यक्तिले समेत साँझको समयमा डिजिटल मार्केटिङ गर्न सक्ने सीप तथा रोजगार मेलाका प्रमुख प्रशिक्षक मीन बोगटीले बताए। उनले भने, ‘अहिले सम्भावना धेरै छ। बजारमा जल्दो बल्दो व्यापार हो। कोडिङ चाहिदैन। सीप मात्र भए पुग्छ। सुदूरपश्चिमका युवाहरुमा चाँसो धेरै छ। घरबाटै काम गर्न सकिन्छ। कार्यालय नै जानु पर्ने हुँदैन। २ घण्टा मात्र समय दियो भने, काम गर्न सकिन्छ। सीप मात्र हो। आफू पनि व्यापार गर्न सकिन्छ। अरूको व्यापारमा पनि सहयोग गर्न सकिन्छ।’

विश्व बजारमा नयाँ प्रविधिको विकाससँगै डिजिटल मार्केटिङ विस्तार भइरहेको छ। युवाहरूको आकर्षण रहेको यो सीपलाई विद्यालय तहदेखि नै प्रदान गरियो भने आगामी दिनमा रोजगारी सिर्जनाको प्रमुख क्षेत्र बन्ने सम्भावना रहेको छ। बोगटीले भने, ‘गगुल तिर नेपालमा धेरै गएको छैन। तर, सामाजिक सञ्जाल तिर धेरै छ। पसल चाहिदैन। एक कोठाबाट काम हुन्छ। व्यापार गर्न सकिन्छ। सटर चाहिदैन।’

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका