विकासका लागि शान्ति आवश्यकः प्रधानमन्त्री ओली

Friday February 28, 2025

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि शान्ति आवश्यक रहेको बताउनुभएको छ ।  शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ मा सहभागी हुन नेपाल आएको जापानी प्रतिनिधि मण्डलसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले युद्धले विनाश गर्ने र शान्तिले विकास गर्ने बताउनु भयो । उहाँले विश्वमा शान्ति छाओस् भन्ने नेपालको प्रवल इच्छा र सक्रिय प्रयास रहेको बताउनु भयो । उहाँले नेपाल र जपानबीचको सम्बन्ध अहिले बहुआयामिक ढंगले अघि बढेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘युद्धले विनाश गर्दछ, शान्तिले विकास गर्दछ । त्यसकारण विकासका लागि हामीलाई शान्ति चाहिएको छ । विश्वमा शान्ति छाओस् भन्ने प्रवल इच्छा र सक्रिय प्रयास पनि रहेको छ । अहिले हाम्रो सम्बन्ध बहुआयामिक ढंगले बढेको छ । हामी त्यहाँ नेपालीहरु अवसरका लागि पुगेका छन् । शिक्षा आर्जनका लागि पनि गएका छन् । अब आयात र निर्यात जस्ता कुराहरुको आदानप्रदान पनि भइरहेको छ । यसरी अब हामी एउटा नयाँ व्यापार विकासका साझेदारी हौँ । अब विकासको साझेदारीका लागि आइटी, एआईको जमानामा नयाँ ढंगले अघि बढिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताउनुु भयो । गत एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवद्र्धन र व्यवसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ ल्भिायेको आयोजनामा यही फागुुन १४ देखि १६ गतेसम्म जारी रहनेछ ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत