वनमा अवैध बसोबास हटाउने कार्य सुरु

Wednesday April 29, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ। डिभिजन वन कार्यालय धनगढी र गोदावरी सामुदायिक वनको संयुक्त पहलमा अतिक्रमित क्षेत्र खाली गराउने कार्य अघि बढाइएको हो।
सामुदायिक वनका अध्यक्ष निर्मल कुमार मगरका अनुसार भ्यागुते पानी आसपासका क्षेत्रमा पछिल्लो समय अनधिकृत रूपमा घरटहरा निर्माण तीव्र रूपमा बढेपछि नियन्त्रणका लागि यो अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत अतिक्रमण गरेर बनाइएका संरचना हटाउने तथा भत्काउने काम सुरु भइसकेको छ। आवश्यक परे थप कडाइका साथ अभियान अगाडि बढाइने जनाइएको छ।
वन क्षेत्रको संरक्षण, जैविक विविधताको जगेर्ना तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोग सुनिश्चित गर्ने उद्देश्यले यस्तो कदम चालिएको अध्यक्ष मगरले बताए। साथै, स्थानीयवासीलाई वन अतिक्रमण नगर्न र संरक्षण अभियानमा सहयोग गर्न आग्रह गरिएको छ।


भर्खर

गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश

सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय

सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको