वडाध्यक्षमाथि हातपात गर्ने पत्रकार कुँवर पक्राउ

Monday June 22, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरका वडाध्यक्षमाथि हातपात गर्ने पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

कुवँरलाई आइतबार नै पक्राउ गरी अभद्र व्यवहारको कसुरमा मुद्दा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० टेकबहादुर रावतले बताए ।

पत्रकार कुवँरले आइतबार भीमदत्त नगरपालिका १८ नम्बर वडाका अध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममै हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष र कुँवरबिच भनाभन परेको थियो । भनाभनकै क्रममा कुँवरले वडाध्यक्षमाथि हातपात गरेकी थिइन् । उनी वडाको कार्यक्रम होटेलमा सञ्चालन गर्नुको कारण खोज्दै वडा वडाअधयक्ष भएको ठाउँमा पुगेकी थिइन।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।