लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन्ः अध्यक्ष राई

Wednesday March 12, 2025

पढ्न लाग्ने समय :


जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माणको प्रयास गर्न पाउने बताउनुभएको छ । बुधवार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्र उदार रहेको बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी संसदमा गणतन्त्रको बिरोधमा बोलिरहेको र त्यो अधिकार पनि गणतन्त्रले दिएको जिकिर गर्नुभयो । उहाँले राजाको शासन भएको बेलामा आन्दोलन गर्नु र राजाको बिरोध गर्नुलाई ठूलो अपराध मान्ने गरे पनि अहिले त्यस्तो नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी अहिले लोकतन्त्रमा छौँ, हाम्रो लोकतन्त्र यति उदार छ । पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न प्रयास गर्न पाउँछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदमा गणतन्त्रको बिरोधमा बोलिरहेको छ । त्यो अधिकार पनि लोकतन्त्र र गणतन्त्रले दिएको हो । राजाको शासन भएको बेलामा आन्दोलन गरेका मान्छे हौँ हामी । त्यो बेलामा राजाको बिरोध गर्नु ठूलो अपराध हुन्थ्यो । अहिले गणतन्त्रको बिरोध गर्नु अपराध हुँदैन । जनताको बीचमा जानुस् ।’

अध्यक्ष राईले सडकबाट राजतन्त्र स्थापना गर्ने सपना देख्ने कुरा गलत भएको बताउनु भयो ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत