लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त भएन : अध्यक्ष नेपाल

Thursday January 2, 2025

पढ्न लाग्ने समय :


नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परियोजनाको आवश्यकता, सान्दर्भिकता र लगानीको प्रतिफलमा ध्यान नदिँदा १६ वटा विमानस्थल बन्द रहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त गर्न नसकेको बताउनु भयो । उहाँले कुनैपनि परियोजनामा पैसा डुबाउनका लागि नभई प्रतिफल प्राप्त हुनेगरी लगानी गर्न जरुरी रहेको बताउनु भयो । उहाँले विमानस्थलहरुको हालको अवस्थाबारे समितिमा प्रतिवेदन बुझाउन समेत माग गर्नुभयो । उहाँले भैरहवास्थित लुम्बिनी विमानस्थल कसको दबाबमा बनाइएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले हालको अवस्थामा उक्त विमानस्थल चलायमान बन्न नसक्ने समेत बताउनु भयो । उहाँले काठमाडौस्थित त्रिभूवन विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘कुनैपनि परियोजना तर्जुमा गर्नुभन्दा पहिले त्यसको आवश्यक्ता, सान्दर्भिकता र लगानीको प्रतिफलमा हामीले विशेष ध्यान दिनुपर्छ । हाम्रो समस्या केछ भने हामी लहडको भरमा निर्णय लिन्छौं । योजना बनाउँछौं, परियोजना तय गर्छौं, लगानी गर्छौं तर प्रतिफल प्राप्त हुँदैन । लगानी भनेको प्रतिफल प्राप्त गर्नकै लागि गर्ने हो । त्यत्तिकै पैसा डुबाउनका लागि लगानी गर्ने होइन । यो कुरा मैले पटक पटक दोहो¥याइरहेके छु । अहिले फेरि मैले सुनिरहेको छु कतिपय ठाउँहरुमा डोमेस्टिक एयरपोर्टहरु निर्माणको काम हुन थालिरहेको छ । १६ भन्दा बढी विमानस्थलहरुमा जहाज ओर्लिदैनन्, जहाँज पुग्दैनन् । त्यो संख्या अझै १८ पुगिसकेको होला । त्यसको पनि अर्को चोटि रिपोर्ट आओस् । मैले मन्त्रीज्युलाई आग्रह गर्न चाहन्छु ।

विमानस्थल सञ्चालनको स्थिति र विमानस्थलको उपयोगको बारेमा जानकारी पाउनुप¥यो । बनेका वमानस्थलहरुमा त्रुटी भएको छ कि छैन ? पत्रिकामा पढेको त ओर्तिर पनि विमानस्थल बन्न सुरु भइसकेको छ । नाम भनौं त्यहाँका सांसदहरुलाई फेरि पिर पर्ला । पोखराको हालत त्यही, लुम्बिनीको हालत त्यही, जतिसुकै बल ग¥यौं भनेपनि लुम्बिनी विमानस्थल जुन ठाउँमा बनेको छ त्यो चल्ने अवस्था छैन भन्ने सबैतिरबाट सुनिन्छ । भारतको सिमानाभन्दा कति टाढा राख्दाखेरि त्यो हुन सक्दछ ? कहिले बनाउन सक्दा हुुनुपर्दछ ? यी सबै विषयमा त्यसलाई क्षेत्रिय विमानस्थलको रुपमा संचालन गर्नु एउटा कुरा भयो । बनाउनै काठमाडौंको विकल्पमा बन्नुपर्ने विमानस्थलमा निजगढ हो । लुम्बिनी विमानस्थल कस्को दबाबमा बनाइयो ?’

भैरहवा विानस्थललाई डोमेस्टिक विमानस्थलको रुपमा प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत