रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

Saturday October 25, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार

रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको जिल्ला अस्पताल सल्लेमा पुर्‍याएको बेला मृत्यु भएको हो ।

मृतकमा आठबिसकोट नगरपालिका–३ की ३० वर्षीया कमला वली, वडानम्बर १ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, २८ वर्षीया सर्मिला बिक, वडानम्बर २ की १७ वर्षीया मनिका वली, १८ वर्षीया सर्मिला बिक र २२ वर्षीय गोपाल वली रहेका छन् ।

यस्तै, घाइते हुनेमा आठबिसकोट–१ की १७ वर्षकी सिर्जना बुढा, १५ वर्षकी सपना नेपाल, १८ वर्षकी जुना बुढा, १७ वर्षकी संगीता बुढा, १९ वर्षकी शान्ति बुढा, १७ वर्षकी अञ्जना ऐरी, २० वर्षकी महिमा ओली, १७ वर्षकी मनिषा थापा, १५ वर्षकी सबिता विक र मुसिकोट–२ का चालक टोपजंग बुढा छन् ।

नौ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने १८ वर्षीया जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

जिप सडकदेखि ७०० मिटर तल खसेको थियो । ओभर लोड र साँघुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।


भर्खर

कैलालीको चिसापानीमा जाल्पादेवी केबलकारको पोल ठड्याउने काम सुरु

कैलालीः आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती