रास्वपाले संविधान पुन:लेखन गर्छ : रमेश प्रसाइँ

Monday March 2, 2026

पढ्न लाग्ने समय :


धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रमेश प्रसाइँले संविधान पुन:लेखन गर्ने बताएका छन। धनगढीमा आइतवार साँझ काेण सभामा सम्बाेधन गर्दै उनले रास्वपाले स्पस्ट बहुमत ल्याउनु पर्ने बताएका हुन।
कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाबाट आनन्दबहादुर चन्द चुनावी प्रतिस्पर्धामा छन्। रास्वपाले पाँच वर्ष काम गर्ने अवसर पाए देश परिवर्तन गरेर देखाउने दावी गर्दै यो चुनावमार्फत् रास्वपालाई परीक्षण हुने अवसर दिन मतदातालाई उनले आग्रह गरे। ‘एक पटक पाँच वर्षका लागि हामीलाई परीक्षण गर्नोस्, पाँच वर्षका लागि हेर्नोस् पारा ल्याएनौँ भने फेर्नोस्’ उनले भने, ‘विभेदरहित समाज, समुन्नत राष्ट्र चाहिए रास्वपालाई मत दिनोस्।’
जेनजी आन्दोलनका सहिदको सपना साकार पार्न र देश परिवर्तन गर्नका लागि पनि रास्वपाको जित आवश्यक रहेको उनको भनाइ थियो।
काँग्रेस–एमालेलाई भोट हाल्नु भनेको जेनजी आन्दोलनमा भएको नरसंहारलाई अनुमोदन गर्नु भएको उनले बताए। आफ्ना एजेण्डा बिक्न छोडेपछि पुराना दलले रास्वपाका विरुद्ध भ्रम फैलाएको उनले आरोप लगाए।‘विदेशीबाट परिचालित हुन भनेर प्रोपोगण्डा गराइएको छ। यो देशमा एमसीसी कसले पास गर्‍यो, एमसीसी पास हुँदै गर्दा एमसीसीले तलमाथि गर्‍यो भने मेरो चारपाटा मोडियोस्, मलाइ थानकोट कटाइयोस् भनेर को गज्र्यो संसदमा ?’ उनले भने, ‘अनि अहिले हामीलाई विदेशीबाट परिचालित भन्छन्।’
रास्वपाबाट कैलाली ५ का उम्मेदवार चन्दले देश परिवर्तनका लागि यस पटकको चुनावमा मत परिवर्तन गर्न आग्रह गरे। ‘देशलाई समुन्नत बनाउन, थिति बसाल्न, सुशासन कायम गर्नका लागि विवेक प्रयोग गर्न, मन परिवर्तन गर्न, मत परिवर्तन गर्न र नेता परिवर्तन गर्न आवश्य छ’ उनले भने ।केही वर्षमै धनगढीलाई मात्र नभइ देशलाई उचाइमा पुर्‍याउने लक्ष्य लिएर आफूहरु चुनावमा आएको चन्दले बताए। ‘नेपालको शिक्षा, रोजगारी आदि हरेक क्षेत्रमा कहालीलाग्दो अवस्था छ। त्यही भएर अब हामीले परिवर्तन गर्न जरुरी छ’ उनले भने ।
अहिलेको निर्वाचनलाई इतिहास बनाउनसक्ने निर्वाचनका रुपमा लिन पनि उनले मतदातालाई आग्रह गरे । ‘यो निर्वाचन सामान्य निर्वाचनमात्र नभएर देश परिवर्तन गर्ने इतिहास बन्नसक्ने निर्वाचन हो । त्यसैले यो निर्वाचनमा आफ्नो र आफ्नो भविष्यका लागि मतदान गरौँ’ चन्दले भने।
उनले धनगढीलाई आर्थिक हब, शिक्षा, स्वास्थ्यको हब नबनाउँदासम्म धनगढीले ठूलो फड्को मार्न नसक्ने बताए । चन्दले देशमा केही पनि हुँदैन भनेर युवा विदेशिने अवस्थाका बिच आफू मातृभूमिको सेवा गर्न, यहीँ केही गर्नुपर्छ भनेर स्वदेश फर्केको बताए। यहाँको स्वास्थ्य, शिक्षाको अवस्था दयनीय रहेको उल्लेख गर्दै उनले यी सबै क्षेत्रमा अब परिवर्तन आवश्यक रहेको बताए।


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार