राष्ट्रिय सभाको बैठक आज बस्दै, गृहमन्त्री र शिक्षामन्त्रीले प्रश्नको जवाफ दिने

Friday July 31, 2026

पढ्न लाग्ने समय :


राष्ट्रिय सभाको बैठक आज शुक्रबार दिउँसो १ः१५ बजे बस्ने भएको छ। बैठकमा प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव तथा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

कार्यसूचीअनुसार गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको उत्तर दिनेछन्। त्यसैगरी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। उक्त प्रस्तावमार्फत मनसुनका कारण उत्पन्न हुन सक्ने विपद् व्यवस्थापनका लागि सरकारले गरेको तयारीबारे सदनमा छलफल हुने अपेक्षा गरिएको छ।

यसैबीच, संविधान सभा सदस्य, प्रतिनिधि सभाका पूर्व सदस्य तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।