राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन १७ देखि चितवनमा

Saturday February 15, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन १७ गतेदेखि २० गतेसम्म हुने भएको छ ।  शनिवार चितवनमा पत्रकार सम्मेलन गरी  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले जानकारी दिएको हो । फाल्गुन १७ गतेदेखि २० गतेसम्म चितवनको सुन्दरनगरी भरतपुर नगरपालिकाको वडा नं. १० स्थित वीरेन्द्र क्याम्पसको डिग्री भवनको खेलमैदानमा आयोजना हुने प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले बताउनु भयो । प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार  २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रपैयाँ प्रदान गरिने बताउनु भयो । प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताउनु भयो ।

८ औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगितामा पचास लाख नेपाली र नेपालीभाषी दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको बताउनु भयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि