राष्ट्रियसभाको बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनले किसानका, कर्णालीका बासिन्दाका, बेरोजारी तथा श्रमिकका समस्याबारे सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसद सिटौलाले भने, “संविधानमा व्यवस्था भए अनुसारका मौलिक हक कार्यान्वयनका सन्दर्भमा सबै मिलेर लाग्नुपर्छ । दलका नेता व्यक्तिगत तथा पार्टीगत स्वार्थभन्दा माथि उठेर जनता र मुलुकका लागि सोच्नुपर्छ ।”

संविधानमा गरिएका व्यवस्था तथा सेवाबाट कोही पनि वञ्चित हुन नहुने उनले बताए । दलका नेताहरु राष्ट्र र जनताप्रति केन्द्रित हुनेभन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थमा लागेका उनको भनाइ छ । सांसद सिटौलाले किसानका समस्या, कर्णालीका समस्या, बेरोजारी तथा श्रमिकका समस्याबारे सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको भन्दै उपलब्धि जोगाउनका लागि पनि सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्ने धारणा राखे । सबै मिलेर संविधानको रक्षा गर्नुपर्ने उनको भनाइ छ ।

नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले राजनीतिक स्थिरता कायम गर्दै बेरोजगारी, शिक्षा, स्वास्थ्यलगायत जनताका साझा समस्या समाधान गर्ने प्रयत्न गर्नुपर्ने बताए।

नेकपा (एकीकृत समाजवादी) का सांसद डा बेदुराम भुषालले यसअघि राष्ट्रियसभाले गरेका राम्रा कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । सांसद बामदेव गौतमले प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सांसदबीच विभेद् हुन नहुने बताए । सांसद शेखरकुमार सिंहले मधेश समुदायप्रति कुनै किसिमको विभेद् हुन नहुने बताए । सांसद तुलप्रसाद विश्वकर्मा र मेगेन्द्रसिंह यादवले मुलुकमा विद्यमान समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका