राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संघीय संसद भवनको अवलोकन

Monday January 13, 2025

पढ्न लाग्ने समय :


राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनको राष्ट्रपति पौडेलले अवलोकन गर्नुभएको हो । सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो । अवलोकनपछि शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले काम कारबाही गुणस्तरीय रहेको पाएको र नेपालको अहिलेसम्मको भवन निर्माणको क्रम हेर्दा यो नेपाली शैलीमा बनेको सबैभन्दा ठूलो भवन आयोजना रहेको उल्लेख गर्नुभयो । उहाँले आउँदो अधिवेशनसम्म प्रयोग गर्नसक्ने गरी काम अघि बढाउन निर्देशन दिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काम कारबाही हेर्दाखेरी गुणस्तरीय नै छ र नेपालको अहिलेसम्मको भवन निर्माणको क्रम हेर्दा यो नेपाली शैलीमा बनेको सबैभन्दा ठूलो भवन आयोजना हो । आउँदो अधिवेशनसम्म प्रयोग गर्नसक्ने गरी अघि बढाउने गरी हामी हरेक हप्ता निर्माण कार्यको मूल्यांकन गर्ने र समीक्षा गरेर अघि बढिरहेका छौँ ।’

संघीय संसद भवन नहुँदा ०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको