राजावादीहरुको प्रदर्शनबारे देउवाः कुनै अद्भुत प्रदर्शन भएको छैन

Monday March 10, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाविधेशन निर्धारित समयमै हुने बताउनुभएको छ । सोमवार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसको महाधिवेशन समयमै हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा हुन्छ भन्ने प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कहाँ अद्भुत भएको छ, केही भएकै छैन । समसामयिक अवस्था ठिक छ । दुई वटा ठूला पार्टी सरकारमा छन् । राम्रोसँग चलेको छ । सरकारमा कुनै समस्या छैन, ०८४ सम्मै जान्छ । हामी भोट पाएको मान्छे हो, हामी जनता होइन । नेपाली काँग्रेसको महाधिवेशन समयमै हुन्छ ।’

काठमाडौंमा आईतवार राजावादीहरुको प्रदर्शन अद्भुत भयो नि ? भन्ने प्रश्नमा सभापति देउवाले कुनै अद्भुत प्रदर्शन नभएको प्रतिक्रिया दिनुभयो । उहाँले केही नभएको भन्दै आत्तिनुपर्ने कारण नरहेको बताउनु भयो । पूर्वराजा शाहलाई भारतले उचालेको हो भन्ने प्रश्नमा उहाँले कसैले उचाल्ने कुरा नभएको र उचालेको थहा नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कहाँ अद्भुत भएको छ, केही भएकै छैन । कसैले उचाल्ने कुरा पनि छैन, उचालेको थाहा पनि छैन ।’
सभापति देउवाले दुई ठूला राजनीतिक दलहरुको सरकार अहिले रहेको र यो ०८४ सम्मै चल्ने दाबी गर्नुभयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि