राजनीतिक दल सम्बन्धी विधेयक संसदमा ल्याउँछौँः प्रधानमन्त्री ओली

Wednesday February 12, 2025

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताउनुभएको छ । बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दल सम्बन्धी कानूनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताउनु भयो । उहाँले कुनैपनि पार्टी फुटाउने उद्देश्यअनुसार विधेयक नल्याइने पनि स्पष्ट पार्नुभयो । उहाँले दुई तिहाईको सरकार भएको समयमा साना मसिना पार्टी फुटाउनुको तुक नरहेको बताउनु भयो ।

पार्टी फुटाउने आवश्यकता र सौख आफलाई नरहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा ४० प्रतिशत पार्टीको वा संसदको ४० प्रतिशत पु¥यायो भने पार्टी अलग हुन अध्यादेश आफूले ल्याउँदा पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरु नेकपा एमाले फुटाउन २० वा २० भए हुन्छ भनेर अध्यादेश ल्याउन तयार भएको बताउनु भयो । राजनीतिक दलसम्बन्धी ऐन बनाउन अध्यादेश नभइ विधेयक संसदमा ल्याउने र विधेयक पास गरेर ऐन स्थापित गर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जथाभावी अध्यादेश ल्याएर, मैले ४० प्रतिशत पार्टीको वा संसदको ४० प्रतिशत पुयायो भने पार्टी अलग हुन पाउँछ भनेर फुटेको मानिने छैन । अलग हुन पाउँछ भन्नेछ । नयाँ पार्टी खोल्न पाउँछ भन्ने अध्यादेश ल्याउँदा ल पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरु नाम पनि म लिइरहन्न । तपाईंहरु चिनिहाल्नुहुन्छ । तिनीहरु त पछि हाम्रो पार्टी फुटाउन २५ प्रतिशत भए फुटाउन हुन्छ भनेर २० वा २० भए हुन्छ भनेर अध्यादेश २० वा २० भनेर अध्यादेश ल्याएर नेकपा एमाले फुटाउने तत्वहरु होइनन् । तिनीहरु अहिले फेरि ४० वा ४० ल्याउँदैछ रे पार्टी फुटाउँदैछ रे भने । हामीलाई पार्टी फुटाउने कुनै सौख छैन तर कानून त चाहियो नि । कानूनको अभाव छ अहिले । अब संसदमा हामी विधेयक ल्याउँछौँ । विधेयक ल्याउँछौँ । संसदबाट विधेयक, अध्यादेशबाट होइन । त्यसैकारण हामीले अध्यादेश नल्याएको । अध्यादेश चाहिँदैन । संसदमा विधेयक ल्याउँछौँ, विधेयक पास गरेर ऐन बनाउँछौँ । ऐन स्थापित गर्दछौँ । हामीलाई कसैको पार्टी फुटाउन आवश्यक नै छैन । हामीसँग झन्डै दुई तिहाईको सरकार छ । किन फुटाउने पार्टी बेकार । फेरि फुटाउने पनि कत्रा कुनै चट्टान फोर्ने हो र यत्रायत्रा गिटी ढुंगा फुटाएर को बस्छ । त्यो आवश्यकता पनि छैन, सौख पनि छैन ।’

प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको संयुक्त सरकार बलियो सरकार भएको दाबी गर्दै देशका लागि काम गर्न अग्रसर रहेको बताउनु भयो । विदेशीको दाम लिएर नेपालमा अराजकता मच्चाउन खोज्ने, सामाजिक शान्ति सुव्यवस्था, बिगार्ने, देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पारेर अराजकता मच्चाउन खोजे भने आन्दोलनमा उत्रिनुपर्ने हुनसक्ने बताउनु भयो ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान