रक्षामन्त्री राईको स्पष्टिकरणः अमेरिकी सेना नेपालमा दलबलसहित आएका छैनन्

Monday November 11, 2024

पढ्न लाग्ने समय :


रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेकुरामा सत्यता नरहेको बताउनुभएको छ । सोमवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले एक जना रथी आएको तर दलबलसहित अरु अमेरिकी सेना नेपाल आएको भन्नेकुरा सत्य नभएको बताउनुभएको हो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सो प्रश्न मन्त्री राईलाई गर्नुभएको थियो । उहाँले एक जना रथी आएपनि अरु अमेरिकी सेना नेपाल नआएको प्रष्टयाउनुभएको हो ।
मन्त्री राईले भन्नुभयो, ‘यो अमेरिकन सेना आयो भन्ने कुरामा एक जना अमेरिकन रथी आउनुभएको हो भ्रमणमा । त्यो भन्दा अर्को कुरा मलाई जानकारीमा छैन । मलाई त्यस्ता विषयमा जानकारी आइरहन्छ । तर उहाँ भ्रमणका लागि आउनु भएको हो । र अरु सेनाहरु पूरै दलबलका साथ आएर कहीँ बसेको भन्ने कुरा मलाई थाहा छैन । त्यो होइन । यसमा यति भए पुग्छ होला भन्ने लाग्छ ।’ 

त्यस अवसरमा मन्त्री राईले महाकाली करिडोर निर्माणको कामलाई नेपाली सेनाले अघि बढाउने विषयलाई आफूले प्राथमिकता दिएको पनि बताउनु भयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको