रक्षामन्त्री राईको स्पष्टिकरणः अमेरिकी सेना नेपालमा दलबलसहित आएका छैनन्

Monday November 11, 2024

पढ्न लाग्ने समय :


रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेकुरामा सत्यता नरहेको बताउनुभएको छ । सोमवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले एक जना रथी आएको तर दलबलसहित अरु अमेरिकी सेना नेपाल आएको भन्नेकुरा सत्य नभएको बताउनुभएको हो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सो प्रश्न मन्त्री राईलाई गर्नुभएको थियो । उहाँले एक जना रथी आएपनि अरु अमेरिकी सेना नेपाल नआएको प्रष्टयाउनुभएको हो ।
मन्त्री राईले भन्नुभयो, ‘यो अमेरिकन सेना आयो भन्ने कुरामा एक जना अमेरिकन रथी आउनुभएको हो भ्रमणमा । त्यो भन्दा अर्को कुरा मलाई जानकारीमा छैन । मलाई त्यस्ता विषयमा जानकारी आइरहन्छ । तर उहाँ भ्रमणका लागि आउनु भएको हो । र अरु सेनाहरु पूरै दलबलका साथ आएर कहीँ बसेको भन्ने कुरा मलाई थाहा छैन । त्यो होइन । यसमा यति भए पुग्छ होला भन्ने लाग्छ ।’ 

त्यस अवसरमा मन्त्री राईले महाकाली करिडोर निर्माणको कामलाई नेपाली सेनाले अघि बढाउने विषयलाई आफूले प्राथमिकता दिएको पनि बताउनु भयो ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत