यू-१६ युथ लिगमा पुलिसको फराकिलो जित

Sunday January 5, 2025

पढ्न लाग्ने समय :


कप्तान समीर राई ह्याट्रिक मदतमा नेपाल पुलिस क्लबले एन्फा यु–१६ युथ लिगमा आइतबार फराकिलो जित हात पारेको छ । कप्तान समिरको ह्याट्रिकमा पुलिसले विभागीय डर्बी भिडन्तमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कप्तान समिरले ह्याट्रिक गर्दा रिजनराज गौतमले दुई तथा सविन मगर र समीर कुमारले समान एक गोल गरे ।

जितपछि पुलिस ३ अंक जोडेर शीर्ष स्थानमा छ । आइतबारै सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई २–० ले पराजित गरेको थियो । सोमबार यू१६ लिगमा थ्री स्टार र एपीएफ तथा खुमलटार र संकटा क्लबबीच खेल हुनेछ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको