यू-१६ युथ लिगमा पुलिसको फराकिलो जित

Sunday January 5, 2025

पढ्न लाग्ने समय :


कप्तान समीर राई ह्याट्रिक मदतमा नेपाल पुलिस क्लबले एन्फा यु–१६ युथ लिगमा आइतबार फराकिलो जित हात पारेको छ । कप्तान समिरको ह्याट्रिकमा पुलिसले विभागीय डर्बी भिडन्तमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कप्तान समिरले ह्याट्रिक गर्दा रिजनराज गौतमले दुई तथा सविन मगर र समीर कुमारले समान एक गोल गरे ।

जितपछि पुलिस ३ अंक जोडेर शीर्ष स्थानमा छ । आइतबारै सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई २–० ले पराजित गरेको थियो । सोमबार यू१६ लिगमा थ्री स्टार र एपीएफ तथा खुमलटार र संकटा क्लबबीच खेल हुनेछ ।


भर्खर

सेती अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी

धनगढी : सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिवार साँझ धनगढी

वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका

वैद्यनाथमा भजन–कीर्तनका लागि साङ्गीतिक सामग्री हस्तान्तरण

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा साप्ताहिक शनिवार सञ्चालन हुँदै