युवा उद्यमी मञ्च कैलालीद्धारा ईन्टर च्याप्टर रिट्रिट कार्यक्रम आयोजना

Sunday March 22, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढीमा ईन्टर च्याप्टर रिट्रिट कार्यक्रम आयोजना गरिएको छ । नेपाली युवा उद्यमी मञ्च कैलालीको आयोजनामा भएको ईन्टर च्याप्टर रिट्रिट कार्यक्रममा विभिन्न च्याप्टरका पदाधिकारी र सदस्यहरू गरी एक सयभन्दा बढीको सहभागीता रहेको थियो । सुन्दर सुदूरपश्चिममा रमाउनुका साथै सम्भावना खोज्ने र लगानी गर्ने वातावरण निर्माण होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा सुदूरपश्चिममा लगानीको सम्भावना विषयक कार्यपत्र नेपाली युवा उद्यमी मञ्च कैलालीका पूर्व अध्यक्ष इन्जिनियर रोशन भट्ट र सुदूरपश्चिमको पर्यटन सम्भावना विषयक कार्यपत्र नाटा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले प्रस्तुत गरेका थिए । सो कार्यपत्रहरूमा सुदूरपश्चिममा लगानी गर्न इच्छुक युवा उद्यमी तथा युवा व्यवसायीहरूलाई लगानी क्षेत्रको बारेमा विस्तृत जानकारी दिइएको थियो ।

नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहालको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले व्यावसायिक रूपमा यसक्षेत्रमा रहेका सम्भावनाहरूका साथै व्यावसायिक अनुभव तथा स्थानीय तहले लगानी भित्र्याउनका लागि खेल्न सक्ने भूमिकाको विषयमा मन्तव्य व्यक्त गरेका थिए । नेपाली युवा उद्यमी मञ्च कैलालीका फस्ट भिपी आयुष हमालले स्वागत गरेको कार्यक्रममा च्याप्टरहरुको तर्फबाट सुर्खेत च्याप्टरका अध्यक्ष कमल सुवेदीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पोखरा च्याप्टरका अध्यक्ष समेज राजभण्डारी, रूपन्देही च्याप्टरका अध्यक्ष आदर्श श्रेष्ठ, सुर्खेत च्याप्टरका अध्यक्ष कमल सुवेदी, कञ्चनपुर च्याप्टरका अध्यक्ष रेशम भट्ट, नेपालगंज च्याप्टरका सदस्य सिद्धान्त जसरोटिया लगायत विभिन्न च्याप्टरका पदाधिकारी र सदस्यहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा भुवा नाच, सखिया तथा लठ्ठी नाचहरुको सांस्कृतिक प्रस्तुतीहरूसँगै यहाँका चौधरी थारू समुदायका विभिन्न परिकारहरूका साथै सुदूरपश्चिमका परिकारहरू समेत सहभागीहरूलाई खुवाएको थियो ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।