मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता वितरण गर्ने तत्कालीन वडाध्यक्षविरुद्ध मुद्दा दायर

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता वितरण गरेको आरोपमा सल्ल्यानस्थित शारदा नगरपालिका–३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ ।

मृत्यु भैसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन वडा अध्यक्ष थापाले अस्तित्वमा नभएको व्यक्तिको नामको आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६/७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार सामाजिक सुरक्षा भत्ता आफ्नो आमा नाता जनाइ बुझिलिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएकोले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले बुधबार जारी गरेको विज्ञप्तिअनुसार निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश