मुलुकमा राजश्व र पुँजीगत खर्च घट्दै गएका कारण सुशासन प्रवद्र्धन विधेयक ल्याएका हौंः मन्त्री गुरुङ

पढ्न लाग्ने समय :

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मुलुकमा सुशासन अभावका कारण राजश्व र पुँजीगत खर्च समेत घट्दै गएको कारण सुशासन प्रवद्र्धन विधेयक ल्याएको बताउनुभएको छ । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताउनु भयो । उहाँले शासन प्रणालीसँग जोडिएका अधुरा र अपूरा कानूनहरुलाई पूर्णत दिनको लागि विधेयक अपरिहार्य ठानेर ल्याइएको दाबी गर्नुभयो । उहाँले मुलुकमा सुशासन कायम गर्नको लागि वाधक रहेका कानूनहरुमा सुधार गरि सार्वजनिक सेवा प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक ठानेर सरकारले विधेयक ल्याएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शासन प्रणालीसँग जोडिएका कानून कार्यान्वयनसँग जोडिएका द्धिअर्थी र अधुरो तथा अपुरो कानूनहरु छन् । सुशासन कार्यान्वन गर्ने तहहरुमा समेत त्यसले वाधा पुर्याइरहेको अवस्था छ । समस्या यस्तो आइदियो कि हामीले राजश्व बढाउनै सकेनौं । हाम्रो पूँजीगत खर्च किन घट्दै गइरहेको छ । सुशासन कायम नभएर होइन ? राजश्व किन घटिरहेको छ सुशासन कायम गर्न नसकेर होइन ? त्यसकारण यस्ता ऐन कानूनहरुलाई संशोधन गरेर सशान प्रणालीलाई कसरि प्रभावकारी बनाउने, कसरि जनमुखि बनाउने, कसरि सेवा र न्याय दिने भन्ने कुरा निक्कै खड्किएर यो अध्यादेश ल्याएको हो ।’
उहाँले प्रभावकारी सेवा र न्याय दिनको लागि नै सरकारले अध्यादेशमार्फत कानून संशोधन गर्न लागेको बताउनु भयो ।