मिथिला मध्यमा परिक्रमा शुरु

Thursday February 27, 2025

पढ्न लाग्ने समय :


मिथिला मध्यमा परिक्रमा शुरु भएको छ । बिहीवार मिथिला मध्यमा परिक्रमाको डोला मिथिला विहारी नगरपालिकास्थित कचुरी मठबाट निस्किएको हो । फागुन औँसीका दिन धनुषाको कचुरी मठबाट परिक्रमाको मुल डोला सञ्चालन गर्ने परम्परा रहेको छ । सो डोलामा सीतारमको मूर्ति सजाएर परिक्रमा गर्ने गरिन्छ । मिथिला बिहारीको डोला तथा जनकपुरधामस्थित अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरधामको हनुमाननगर पुगेपछि मध्यमा परिक्रमाको विधिवतरुपमा शुरुवात गर्ने परम्परा रहेको मिथिला विहारी कचुरी मठका महन्थ रामनरेश शरणले बताउनु भयो ।

मिथिला विहारी मठबाट निकालिएको मिथिला विहारीको डोला आज जनकपुरधामस्थित हुनमान नगरमा विश्राम गर्ने उहाँको भनाइ छ । परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु शुक्रवार बिहान पूजा अर्चना गरेर भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्नेछन् ।

नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । सोही क्रममा जनकपुरधामको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फूलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर ,औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर परिक्रमा जनकपुरधाम फर्केर विश्राम गर्छन् । फागुन पूर्णिमाका  दिन परिक्रमामा सहभागीहरु जनकपुरधामको परिक्रमा अर्थात अन्तगृह परिक्रमा पूरा गरेर घर फर्कने गर्दछन् । परिक्रमामा सहभागी श्रद्धालुहरु नेपालको १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा गर्छन् ।


भर्खर

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न

वनमा अवैध बसोबास हटाउने कार्य सुरु

धनगढी : कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ।