माओवादी सांसद पौडेलको प्रश्नः उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे

Monday February 24, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरुको नभई तिर्नेहरुको लाइन काट्न निर्देशन दिएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले उर्जामन्त्रीको आलोचना गरेकै कारण दुधकोशी जलविद्युत आयोजनाका सिईओ विमल गुरुङमाथि कारबाही गरिएको बताउनु भयो । उहाँले कुलमान घिसिङलाई हटाउने भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै उज्यालो नेपाल बनाएर कुलमानले के गल्ति गरे भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानजस्तै उर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यु ? दुधकोशी जलविद्यतुको सिईओ विमल गुरुङलाई कारबाही गरिएको हो कि के हो ? पत्र सार्वजनिक भएको छ । मन्त्रीको आलोचना गरेको कारणले । विद्युत नियमन आयोगले महशुल नतिर्नेहरुको लाइन काट्ने हो कि तिर्नेहरुको लाइन काट्ने हो ? मैले पत्रिकामा पढेअनुसार महशुल नतिर्नेहरुको लाइन नकाट्न भनेर निर्देशन गरिएको छ । कुलमान घिसिङलाई बेलुका हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ । कुलमानले उज्यालो नेपाल बनाएर के गल्ति गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएर के गल्ति गरे कुलमानले ?’ 
उहाँले कुलमान घिसिङले घाटामा गएको विद्युत प्राधिकरण नाफामा ल्याएको जिकिर गर्नुभयो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका