माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ फागुन १२ गतेदेखि

Friday February 21, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) ले यही फागुन १२ देखि हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ शुरु गर्ने भएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान शुरु हुने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजर्मा केन्द्रित जागरण अभियानको शुभारम्भ नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट गरिने बताउनु भयो । उहाँले अभियानको समापन चैत्र ८ गते कञ्जनपुरमा पुगेर गरिने बताउनु भयो । उहाँकाअनुसार तराई क्षेत्रका नागरिकहरुले भोग्नुपरेका समस्याहरुको बारेमा जागरण अभियान केन्द्रित हुनेछ ।
उहाँले भन्नुभयो, ‘जनतासँग माओवादी हुलाकि राजमार्ग तराई–मधेस जागरण अभियान फागुन १२ गते नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट शुरु हुँदैछ । र त्यो अभियान आउँदो चेत्र ८ आठ गते कञ्चनपुरमा समाप्त हुनेछ । यो अभियान खासगरि तराई–मधेस जागरण अभियान हुनेछ । र यसमा हुलाकी मार्गलाई आधार बनाएर सुरु गरिने छ । अभियानक्रममा तराई क्षेत्रका नागरिकहरुले भोग्नुपरेका समस्याहरुमा हामी केन्द्रीत हुनेछौं । त्यसमा हामी अध्यक्ष र उपमहासचिवसम्म त्यहाँ जानेछौं । अभियानका क्रममा सांस्कृतिक टोली पनि समावेश गरिनेछ । त्यस अवधीभर हामी जनताकै घरमा बस्नछौं ।’

अभियानअन्तर्गत फागुन १२ गते झापा भेटघाट, अन्तरक्रिया तथा सभा हुने बताइएको छ । फागुन १३ मा मोरङमा भेटघाट, अन्तरक्रिया तथा सभा गर्ने कार्यतालिका छ । फागुन १५ मा सुनसरीमा भेटघाट, अन्तरक्रिया तथा सभा हुनेछ । अभियान फागुन १६ देखि २४ सम्म मधेश प्रदेशमा हुनेछ । फागुन १६ मा सप्तरी, १७ गते सिरहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया बताइएको छ । फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुनेछ । नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने प्रवक्ता सापकोटाले बताउनु भयो । २८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ । त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन पार्टीले जनाएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको