माओवादी अध्यक्ष दाहालद्वारा बाँकेको खजुरामा निर्मित सहिद स्मारकको उद्घाटन

Thursday January 23, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिवारका सदस्यहरूसँग भेटघाटमा लाग्नु भएको छ । बिहीबार अध्यक्ष प्रचण्ड बाँकेको खजुरा ३ धवलागिरि गाउँस्थित सहिद डम्बर रानाभाटको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गर्नु भएको हो ।

बिहानको खाना समेत सहिद परिवारसँगै बसेर खाएका प्रचण्डले सहिदहरू कहिल्यै नमर्ने भन्दै सहिद परिवारको दुःख पीडामा पार्टी रहेको बताउनु भयो । आफू तेस्रो पटक प्रधानमन्त्री भएको बेला जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको जानकारी दिँदै प्रचण्डले सहिद तथा बेपत्ता परिवारको सम्मान राज्यले गर्ने बताउनु भयो । यसै क्रममा प्रचण्डले बाँकेको खजुरामा निर्मित सहिद स्मारकको उद्घाटन समेत गर्नु भएको छ ।


भर्खर

सेती अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी

धनगढी : सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिवार साँझ धनगढी

वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका

वैद्यनाथमा भजन–कीर्तनका लागि साङ्गीतिक सामग्री हस्तान्तरण

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा साप्ताहिक शनिवार सञ्चालन हुँदै