माओवादी अध्यक्ष दाहालद्वारा बाँकेको खजुरामा निर्मित सहिद स्मारकको उद्घाटन

Thursday January 23, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिवारका सदस्यहरूसँग भेटघाटमा लाग्नु भएको छ । बिहीबार अध्यक्ष प्रचण्ड बाँकेको खजुरा ३ धवलागिरि गाउँस्थित सहिद डम्बर रानाभाटको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गर्नु भएको हो ।

बिहानको खाना समेत सहिद परिवारसँगै बसेर खाएका प्रचण्डले सहिदहरू कहिल्यै नमर्ने भन्दै सहिद परिवारको दुःख पीडामा पार्टी रहेको बताउनु भयो । आफू तेस्रो पटक प्रधानमन्त्री भएको बेला जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको जानकारी दिँदै प्रचण्डले सहिद तथा बेपत्ता परिवारको सम्मान राज्यले गर्ने बताउनु भयो । यसै क्रममा प्रचण्डले बाँकेको खजुरामा निर्मित सहिद स्मारकको उद्घाटन समेत गर्नु भएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको