माओवादीको आरोपः सरकारले अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक हक कुण्ठित गर्न खोज्यो

Sunday February 9, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सामाजिक सञ्जालसम्बन्धी विधेयकमाफर्त सरकारले अभिव्यक्ति स्वतन्त्रता र सूचना प्राप्त गर्न पाउने जनताको संवैधानिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाउनुभएको छ ।आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो । उहाँले विधेयकमा तोकिएको जरिवाना आउँदो पुस्ताको आवाजको अपमान र भावनामाथि ब्रजपात गर्ने खालको रहेको बताउनु भयो ।

उहाँले सामाजिक सञ्जालको नियमन गर्ने कुरामा आफूहरुको विरोध नभएपनि फौजदारी आकर्षित हुने कुराहरु अगाडि नबढाउन आग्रह समेत गर्नुभयो । उहाँले त्यस्तै उहाँले सार्वनजनिक रुपमा उठेका प्रश्नहरुबारे छानविनको दायरामा आउन प्रतिपक्षी दलका नेताहरु तयार रहेको समेत बताउनु भयो । उहाँले विभिन्न विषयहरुमा उठेका विषयमा छानबिन गर्नको लागि सबै तयार रहन समेत धनाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘आलोचनाको स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता र हामीले सूचनाको हक प्राप्त गर्ने कुरालाई कहीँ कतैपनि लोकतान्त्रिक प्रणालीमा कुण्ठित गर्न पाइँदैन । नयाँ पुस्तालाई अपमान गर्नेगरी र भावनामाथि बज्रपात गर्नेगरी कुनै पोस्ट गरेमा, शेयर गरेमा, रिपोस्ट गरेमा भाइभ स्ट्रिमिङ, सब्सक्राइब गरेको खण्डमा पाँच लाख जरिवाना भनिएको छ । यही हो हाम्रो संविधानमा गरेको व्यवस्था ? सूचना प्राप्त गर्ने नेपाली जनताले प्राप्त गरेको अधिकारको कुरा यही हो ? यसैका निम्ति हामी लडेका हौं ? हामीले विरोध गरेको यो हो ? हामीले नियमन गर्ने कुराको विरोध गरेका छैनौं । फौजदारी आकर्षित हुने कुराहरु अगाडि नबढाइयोस् भनेर हामीले खबरदारी गरको हो सभामुख महोदय । हामी माथि उठेका सबै विषयमा उच्चस्तरीय छानविन समिति बनाइयोस् । हामी सबै प्रतिपक्ष तयार छौं । संसदीय छानविन समितिका लागि सबै तयार रहन म सभामुखमार्फत सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’
भ्रष्टाचारका सबै काण्डको अनुसन्धान गर्न सरकार तयार भएको अवस्थामा प्रतिपक्षी दलहरु सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत