महेन्द्रनगरमा ‘विपिन चोक’ नामाकरण

Friday January 23, 2026

पढ्न लाग्ने समय :


महेन्द्रनगरः महेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत ब्रह्मदेव लिंक रोड छुट्टिने चोकलाई ‘विपिन चोक’ नाम दिइएको छ। भीमदत्त नगरकार्यपालिकाको निर्णयपछि नगरपालिका र वडा कार्यालयले शुक्रवार औपचारिक रूपमा उक्त चोकको नामाकरण गर्दै विपिन जोशीको नाम लेखिएको बोर्ड राखेका हुन्।

भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगनसिंह धामीले विपिनले इजरायलमा देखाएको साहस र योगदानलाई सधैं स्मरण गर्नका लागि चोकको नाम विपिन राखिएको बताए। उनले भविष्यमा सोही चोकमा विपिनको सालिक निर्माण गर्ने योजना समेत रहेको जानकारी दिए। विपिन विद्यार्थी भएकाले श्रीपञ्चमीको दिनमा चोकको नामाकरण गरिएको अध्यक्ष धामीले बताए।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत विद्यार्थी विपिन जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि इजरायल गएका थिए। उनी हमासको नियन्त्रणमा रहेका बेला निधन भएको थियो। इजरायल–हमासबीच युद्धविरामपछि गत कात्तिक ३ गते उनको शव नेपाल ल्याइएको थियो भने त्यसको भोलिपल्ट महाकाली नदीमा अन्तिम संस्कार गरिएको थियो।

विपिन चोक घोषणा कार्यक्रममा उनका बुवा महानन्द जोशी, दाइ किशोर जोशीलगायत परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। भीमदत्त नगरकार्यपालिकाले विपिनलाई सहिद घोषणा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारमा सिफारिससमेत गरेको वडाध्यक्ष धामीले जानकारी दिए।


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार