महेन्द्रनगरमा राजा महेन्द्रको सालिक पुनर्स्थापना

Sunday February 15, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा आइतवार महाशिवरात्रीको अवसरमा स्व. राजा महेन्द्र वीरविक्रम शाहदेवको सालिक पुनर्स्थापना गरिएको छ।

लामो समयदेखि स्थानीय बासिन्दाको माग रहँदै आएको सालिक पुनर्स्थापना कार्यक्रम समुदायको सक्रिय सहभागितामा सम्पन्न भएको हो।

महाशिवरात्रीको पावन दिन चयन गरी आयोजित कार्यक्रममा स्थानीय नागरिक, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो। सालिक पुनर्स्थापनालाई ऐतिहासिक स्मृति र सांस्कृतिक पहिचान संरक्षणको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

स्थानीय बासिन्दाका अनुसार महेन्द्रनगरको नाम र पहिचान राजा महेन्द्रसँग प्रत्यक्ष रूपमा जोडिएकाले स्मारकमा उनको सालिक पुनःस्थापना हुनु स्वाभाविक र आवश्यक थियो। यसअघि सालिक नहुँदा शहरको ऐतिहासिक निरन्तरतामा खालीपन महसुस हुँदै आएको उनीहरूको भनाइ छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले विकास केवल भौतिक पूर्वाधारमा सीमित नहुने, ऐतिहासिक स्मृति र सांस्कृतिक मूल्यको संरक्षण पनि उत्तिकै आवश्यक हुने बताए। उनीहरूले नयाँ पुस्तालाई इतिहाससँग जोड्न यस्ता स्मारकको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

स्थानीय समुदायको सामूहिक प्रयास, आर्थिक सहयोग र व्यवस्थापनबाट सालिक पुनर्स्थापना सम्पन्न भएको हो।

 


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश