महेन्द्रनगरमा बहुला कुकुरको आतङ्क, एकैदिन ५९ जना पुगे अस्पताल

Sunday March 15, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरको महेन्द्रनगरमा बहुला कुकुरले आतङ्क मच्चाएको छ। महेन्द्रनगर र आसपासका क्षेत्रमा सर्वसाधारणलाई बहुला कुकुरले टोकेको छ।

महेन्द्रनगर, गोबरिया, भगतपुर, लगायत क्षेत्रमा बहुला कुकुरले टोकेर ५९ जना उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुगेका छन्। कुकुरको टोकाइबाट घाइते उनीहरुको अहिले महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पसलमा सामान किन्नबेला एक्कासी आएको कुकुरले टोकेको बिष्ना चन्दले बताइन्।

महाकाली प्रादेशिक अस्पतालका जनस्वास्थ्य निरीक्षक गौरीदत्त जोशीका अनुसार फागुन महिनामा रेबिजका ७ सय ३ जना घटना आएका छन्। उनका अनुसार चैत्र १ गते मात्रै दिउँसो ४ बजेसम्म कुकुरले टोकेका ५९ जना अस्पतालमा पुगेका छन्।

सर्वसाधारणलाई टोक्दै हिँडेको बहुला कुकुरलाई भगतपुर क्षेत्रबाट अहिले नियन्त्रणमा लिइएको छ।

 


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश