महावुधाम मेला भर्नेको घुइँचो

Wednesday August 30, 2023

पढ्न लाग्ने समय :


कालिकोट । कालिकोटको महावै गाउँपालिकास्थित महावुधाम मेला भर्नेको घुइँचो लागेको छ । महावुधाम मेला भर्नका लागि बिहानैदेखि तीर्थयात्रीको घुइँचो लागेको हो ।

दैलेख, सुर्खेत, कालिकोट, जुम्ला, नेपालगन्जलगायत ठाउँबाट धार्मिक मेला भर्नका लागि मङ्गलबारदेखि नै महावुधाममा तीर्थयात्री भरिभराउ छन् । पछिल्लो समय महावुधाम आकर्षक गन्तव्य बन्दै गएको छ । वर मागे पूरा हुने विश्वास रहिआएकाले यहाँ मेला भर्न आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

चार हजार दुई सय मिटर अग्लो फाँटमा बुकीझार र त्यहाँको यात्रा गर्दा विभिन्न रोग निको हुने विश्वास रहीआएको छ । हरेक वर्ष मेलाको आकर्षण बढ्दै गएको पुजारी नरेन्द्र उपाध्याय बताउछन् ।

यो कालिकोट र दैलेखको सिमानामा पर्छ । महावुधाम समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा छ । यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन चतुर्थीका दिन भव्य मेला लाग्छ । सो स्थानमा शिवलिङ्ग रहेको छ । महावुधाममा कालिकोटका काफ्ले कूलका एक जना तथा दैलेखका आचार्य कूलका एकजनाले पूजा गर्ने परम्परा छ ।


भर्खर

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान

घोडाघोडी मन्दिरमा रेलिङ

धनगढी : जैविक विविधताले महत्त्वपूर्ण तथा प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र घोडाघोडी क्षेत्रमा सङ्घ, प्रदेश

सुदूरपश्चिममा बिसुपर्व मनाइँदै

वैशाख : हरेक वैशाख १ गते सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा विष मार्ने पर्वका रूपमा ‘बिसु’