मनोहराको सुकुम्वासी बस्ती भत्काइयो

Sunday April 26, 2026

पढ्न लाग्ने समय :


भक्तपुर : मनोहरास्थित सुकुम्वासी बस्तीमा आइतवार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी बस्तीमा कारबाही गरेको हो ।

बस्ती भत्काउनका लागि ठुला डोजर (जेसीबी) तैनाथ गरिएको छ । केही स्थानीय बासिन्दाहरू आफैँले आफ्ना छाप्रा तथा बाँसका संरचनाहरू भत्काउँदै गरेको दृश्यले पीडितहरूको पीडा झल्काउँछ ।

आफ्नो बसोबास खोसिएपछि उनीहरू घरायसी सामानहरू बटुलेर ट्रकमा लोड गर्दै सुरक्षित स्थानतर्फ सर्न बाध्य देखिएका छन् । सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ र सुरक्षाकर्मीहरू पूर्ण तयारीसहित तैनाथ छन् । डोजरको प्रयोग र सुरक्षा निकायको बाक्लो उपस्थितिका कारण सो क्षेत्रमा तनावको स्थिति सिर्जना भएको छ ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।