मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा पदबाट राजिनामा

Tuesday September 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजिनामा दिनुभएको छ । सोमबारदेखि जारी जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु र सयौ घाइते भएको प्रति पीडा व्यक्त गर्दै उहाँले मंगलबार दिउँसो राजिनामा दिनुभएको छ ।
राजिनामा दिने क्रममा उहाँद्वारा जारी विज्ञप्तीमा भनिएको छ– देशभर जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा ज्यान जानु आफ्ना लागि असह्य पीडा र गहिरो दुःखको विषय बनेको छ । दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । उहाले– जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरा लागि जीवनकै ठूलो गौरव भए पनि नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले आफूलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको उल्लेख गर्नुभएको छ । उहाले भन्नुभएको छ– नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु ।

मुख्यमन्त्री सिंहले संविधानले प्रत्येक नागरिकलाई प्रदान गरेको शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गर्दै, समस्या समाधानको एक मात्र बाटो संवाद, आपसी समझदारी र सहकार्य हो भन्ने आफ्नो दृढ विश्वास कायम रहेको बताउनुभएको छ । वक्तव्यमा भनिएको छ– म मुख्यमन्त्री रहँदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग र साथ दिनु हुने सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्दछु । साथै यो महत्वपूर्ण जिम्मेवारी बहन गर्ने अवसर प्रदान गर्नु भएकामा जनमत पार्टीका श्रदेय राष्ट्रिय अध्यक्ष माननीय डा. सिके राउतज्यू सहित पार्टीका सबै समिति, नेता, कार्यकर्ताहरुप्रति कृतज्ञता प्रकट गर्दछु ।

जनमत पार्टीका अध्यक्ष डा. सिके रावतको निर्देशनमा उहाँले आफ्नो पदबाट राजिनामा दिएको बताइएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।