भेरी नदीमा आमा–छोराको शव भेटियो, छोरी अझै बेपत्ता

Tuesday March 17, 2026

पढ्न लाग्ने समय :


धनगढी :  दुई छोराछोरीसहित भेरी नदीमा हाम फालेकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ३८ वर्षीया मायाको आइतवार र ११ वर्षीया आशाको शव मंगलवार विहान फेला परेको हो।

मायाको शव लेकबेशी नगरपालिका–३ को पटारेमा र आशाको गुर्भाकोट–१३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको हो। ‘खोजतलासका क्रममा आमा र छोरीको शव फेला परेको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहनजंग बुढथापाले भने, ‘पाँच वर्षीय छोरा दीपक कठायतको खोजी भइरहेको छ।’


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार