भारतमा दुवै हातखुट्टा भाँचिएका रुपेशको माया मेट्रोले ग¥यो निःशुल्क शल्यक्रिया

Thursday April 23, 2026

पढ्न लाग्ने समय :


धनगढी : बैतडीको दशरथचन्द नगरपालिकाको निग्लासैनका १६ वर्षीय रुपेश भुलको माया मेट्रो अस्पतालले निःशुल्क शल्यक्रिया गरेको छ ।

भारतको जम्मुकश्मीरमा साइकलबाट लडेर बेहोस अवस्थामा भेटिएका रुपेशको दुवै हात र दुवै खुट्टा भाँचिएको अवस्थामा भेटिएपछि तत्काल नजिकैको सरकारी हस्पिटलमा लगिएको थियो ।
तर त्यहाँ एक हप्ता सम्म पनि उपचारमा ढिलाईभएपछि उनको हातखुट्टामा सङ्क्रमण बढ्दै गएको थियो । त्यसपछि उनका आफन्तले नेपालमै उपचार गराउने मनसाय बनाएर र धनगढीको माया मेट्रो हस्पिटल पुगे । गत चैत ८ गते माया मेट्रो पुग्दा उनको अवस्था नाजुक नै थियो । उनको आर्थिक अवस्था कमजोर भएकाले अस्पतालका विशेषज्ञ डाक्टर र अस्पताल प्रशासनबिचको छलफल पछि निःशुल्क शल्यक्रिया गर्ने निर्णय भएको र अहिले उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेको अस्पतालका पिआर म्यानेजर जगत महताले जानकारी दिए ।

रुपेश करिब तीन हप्ताको उपचार गराएर घर फर्किन पाएकोमा निकै हर्षित भएको भन्दै उपचारमा संलग्न डाक्टरहरूको टिम र अस्पताल प्रशासनलाई धन्यावाद व्यक्त गरे । उनले भारतमा उपचार सम्भव नभएकाले आफूहरू नेपाल आएको उनका बुबाले आफ्नै प्रदेशमा छोराको उपचार सफल भएपछि परिवारमा निकै खुसी छाएको बताए । आफूहरूको आर्थिक अवस्था पनि निकै कमजोर भएको र माया मेट्रोको निकै विश्वास लागेको र माया मेट्रोमा पुगेको अहिले अस्पतालले गरेको उपचारप्रति आफू निकै सन्तुष्ट रहेको बताए । रूपेशको उपचारमा हार्डजोर्नी बिशेषज्ञ डा. विकास पाण्डे, डा.रितेश पोखरेल लगायतको टोली रहेको थियो ।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा