भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भइन्ः मन्त्री चौधरी

Saturday December 7, 2024

पढ्न लाग्ने समय :


युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरुको विदेश पलायन रोक्न जरुरी रहेको बताउनुभएको छ । उहाँले नेपाल आँखा अस्पतालको साधारण सभा कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरुलाई सरकारले रोजगारी र स्वास्थ्यमा सुविधा दिन नसकेको बताउनु भयो । उहाँले खेलाडीको स्वास्थ्य बीमा पनि राम्रोसँग गर्न सनेकेको भन्दै सरकार त्यसतर्फ लागिपरेको बताउनु भयो । उहाँले एक हप्ताअघि मात्रै भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भएको र एक महिनाअघि पुरुष राष्ट्रिय भलिबलका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलिया पलायन भएको जानकारी दिनुभयो । यद्यपि श्रेष्ठ भने सन्यास लिएर पलायन हुनुभएको हो । खेलाडीहरुलाई आँखाको उपचारमा नेपाल आँखा अस्पतालले सहयोग गरे राम्रो हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा जसले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरुलाई हामी नेपाल सरकारले न रोजगारी दिन सकेका छौँ, न त स्वास्थ्यमा सुविधा दिन सकेका छौँ । उहाँहरुको राम्रोसँग बीमा पनि गर्न सकेका छैनौँ । हाम्रो धेरै खेलाडीहरु अहिले विदेश पलायन भइसकेको छ । हाले काभामा उत्कृष्ट नतिजा निकालेको सरस्वती चौधरी एक हप्ताअघि अस्टे«लिया पुगिसकेको छ । नेपालको क्याप्टेन भलिबलको क्याप्टेन मानबहादुर श्रेष्ठ एक महिनाअघि अस्टे«लिया पुगिसकेको छ । अहिले एनपिएल चलिरहेको छ, नेपालमा खेलकुदको उत्सवजस्तै भइरहेको छ । जुन मान्छेहरुको उत्साह, उमंग देखिरहेको छ । हाम्रा खेलाडीहरुलाई आँखा अस्पतालले उपचारको खर्च व्यवस्थापन गर्नसके सजिलो हुन्थ्यो ।’

मन्त्री चौधरीले आँखाको रोग नै लाग्न नदिन पनि प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।


भर्खर

सेती अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी

धनगढी : सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिवार साँझ धनगढी

वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका

वैद्यनाथमा भजन–कीर्तनका लागि साङ्गीतिक सामग्री हस्तान्तरण

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा साप्ताहिक शनिवार सञ्चालन हुँदै