भन्सार कार्यालयहरु अस्तव्यस्त छैनन्, कर्मचारी व्यवस्थापनले भन्सारमा समस्या छः भन्सार प्रमुखहरु

पढ्न लाग्ने समय :

भन्सारसम्बन्धित निकायहरुले देशभरका सबै भन्सार कार्यालयहरु अस्तव्यस्त नभएको दाबी गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा बोल्ने भन्सारसँग सम्बन्धित निकायका प्रमुखहरुले यस्तो दाबी गरेका हुन् । प्रमुखहरुले भन्सारका सबै निकायहरुमा दक्ष कर्मचारीहरु व्यवस्थापन गर्न नसक्दा भन्सारमा समस्या रहेको उल्लेख गरे । उनीहरुले दक्ष जनशक्ति अभावको कारण भन्सार कार्यालयहरुमा प्रविधिमैत्री रुपमा काम हुन नसकेको उल्लेख गरे । उनीहरुले भन्सारमा काम गर्ने सबै कर्मचारीहरु फटाहा नभएको भन्दै ९० प्रतिशत कर्मचारीहरु देशको लागि काम गरिरको बताए । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सारमा रहेका सबै कर्मचारीहरु इमान्दार भएर काम गरेको बताउनु भयो ।
उहाँले ९० प्रतिशत कर्मचारीहरु इमान्दार भएर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले जोखिम मोलेर भन्सारका कर्मचारीदेखि सुरक्षाकर्मी समेतले काम गरिरहेको दाबी गर्नुभयो । उहाँले भन्सारमा काम गर्ने कर्मचारीहरु जोखिम मोलेर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले केही ट्रेड युनियन,राजनीतिक पार्टीको दबाब प्रभावमा जाने,कारबाही गर्न खोज्दा डेलिकेशन आउने,नियमनकारी निकाय कर्मचारी विरुद्ध मुद्दा हालेर ह्यारेस गर्ने प्रवृत्ति बढेको बताउनु भयो । उहाँले कर्मचारी व्यवस्थापनमा पनि समस्या भएको भन्दै भन्सारमा दक्ष जनशक्तिको अभाव रहेको बताउनु भयो । उहाँले कर्मचारी व्यवस्थापनको लागि आवश्यक कदम चाल्न आवश्यक रहेको तर भन्सार अस्तव्यस्त नभएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ भन्सारमा रहेका सबै कर्मचारीहरु इमान्दार भएर काम गरेका छन् । ९० प्रतिशत कर्मचारीहरु इमान्दार छन् । जोखिम मोलेर भन्सारका कर्मचारीदेखि सुरक्षाकर्मी समेतले काम गरिरहेका छन् । हामीलाई थ्रेड छ । कर्मचारीहरुले बिना स्वार्थमा राष्ट्रको लागि काम गरिराख्नुभएको छ । केही ट्रेड युनियन,राजनीतिक पार्टीको दबाब प्रभावमा जाने,कारबाही गर्न खोज्दा डेलिकेसन आउने,नियमनकारी निकाय कर्मचारी विरुद्ध मुद्दा हालेर ह्यारेस गर्ने प्रवृत्ति बढेको छ । त्यस्तो गर्ने कर्मचारीलाई कारबाही गर्ने वातावरण बनेको छैन । कानूनी रुपमा नै बनाउन आवश्यक छ । कर्मचारी व्यवस्थापनमा पनि समस्या छ । भन्सारमा दक्ष जनशक्तिको अभाव छ । भन्सारमा दरबन्दी भन्दा बढी कर्मचारी व्यवस्थापन छ । कर्मचारी व्यवस्थापनको लागि आवश्यक कदम चाल्न आवश्यक छ । भन्सार अस्तव्यस्त नै भन्नेछैन ।’
आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले मुख्य गरेर राजश्वको आधार भनेको पैठारीमा आधिरित भएकाले राजश्वको मुल स्रोत भनेकै पैठारी भएको बताउनु भयो । उहाँले पैठारी व्यवस्थित भए मात्रै आन्तरिक राजश्व पनि प्रभावकारी हुने बताउनु भयो । उहाँले भन्सार र खुला सीमा व्यवस्थित नगरेसम्म भन्सारमा समस्या हुने बताउनु भयो । उहाँले भन्सारलाई व्यवस्थित बनाउन सरकारले प्रयास गरिरहेको बताउनु भयो । उहाँले नेपालको सीमानामा भएको जनसख्यालाई प्राथमिकता दिएर विकास निर्माणका गतिविधि,रोजगारी र गरिबी निवारणका कार्यक्रमहरु लैजानुको विकल्प नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मुख्य गरेर राजश्वको आधार भनेको पैठारीमा आधिरित छ । हाम्रो राजश्वको मुल स्रोत भनेकै पैठारी हो । जति पैठारी व्यवस्थित हुन्छ । त्यति आन्तरिक राजश्व पनि प्रभावकारी हुन्छ । लक्ष्य भन्दा माथि पुग्नसक्छौं । भन्सार र खुला सीमा व्यवस्थित गर्नुको विकल्प छैन । वर्षौंदेखि हाम्रो प्रयास भइरहेको छ । हाम्रा प्रयास राम्रा पनि भएका छन् । नतिजा आएको पनि छ । नेपालको सीमानामा भएको जनसख्यालाई प्राथमिकता दिएर विकास निर्माणका गतिविधि,रोजगारी र गरिबी निवारणका कार्यक्रमहरु लैजानुको हामीसँग विकल्प छैन । त्यो नलैजाएसम्म हाम्रा प्रयासहरु सफल भएका छैनन् । भोलि पनि नसक्ने अवस्था हुन्छ ।’
राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले पुस मसान्तसम्म भन्सार र भन्सार बाहिरबाट आएका वस्तुहरुको जाँच गर्दा ३० करोड ९३ लाख रुपैयाँ धरौटी माग गरेर मुद्दा दायर गरेको बताउनु भयो । उहाँले भन्सारमा जाँच पासको लागि केही समय लाग्दा व्यवसायीहरुको लागत बढ्ने गरेको बताउनु भयो । उहाँले व्यवसायी भएर हेर्दा भन्सारमा जटिलता रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ पुस मसान्तसम्म हेर्दा भन्सार र भन्सार बाहिरबाट आएका वस्तुहरुको जाँच गर्दा ३० करोड ९३ लाख रुपैयाँ धरौटी माग गरेरका थियौं । विभागलाई सूचना आएन भने व्यवसायीहरुले दुःख पाउँछन् । नेपालको व्यापार महँगो छ । भन्सारमा जाँच पासको लागि केही समय लाग्छ । त्यसले पनि व्यवसायीहरुको लागत बढ्छ । व्यवसायीहरुको भन्सारमा झनझट भयो भन्ने गुनासो छ । हुन पनि ८ वटा निकायले हेर्ने रहेछ । व्यवसायी भएर हेर्दा भन्सारमा जटिलता छ । त्यसैले वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीलाई कुनै पनि किसिमले हानी नहुने गरी र जसले चोरी पैठारी गरी राजश्व छली गरेको छ । त्यसलाई नियन्त्रण गर्ने हिसावले हेर्नुपर्छ । भन्सार प्रशासकको तलव र बनोस दिने कानूनी व्यवस्था गर्नु आवश्यक छ । भन्सार अनुसन्धानले प्रधानमन्त्री कार्यालय अन्तर्गत बसेर उद्देश्य अनुरुप नै काम गरेको छ ।’
उहाँले वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीलाई कुनै पनि किसिमले हानी नहुने गरी र जसले चोरी पैठारी गरी राजश्व छलीलाई नियन्त्रण गर्ने हिसावले काम गरिरहेको बताउनु भयो । उहाँले भन्सार प्रशासकको तलव र बनोस दिने कानूनी व्यवस्था गर्नु आवश्यक रहेको बताउनु भयो ।