भक्तपुरको सुधारगृहबाट १ सय ५० भन्दा बढी बालबालिका भागे

Monday August 21, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । भक्तपुरको सुधार गृहमा तनाव भएको छ । सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो । सोही घटनालाई लिएर सोमबार दिउँसो भएको प्रदर्शनका क्रममा सुधार गृह तोडफोड गरेर एकसय ५० भन्दा बढी बालबालिका भागेका छन् ।

भक्तपुर प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार सोमबार दिउँसो सुधार गृह तोडफोड गरेर डेढ सय जना जति बालबालिका भागेका हुन् । विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिन्छ । सुधार गृहमा तीन सय जना बालबालिका थिए । फरार भएका उनीहरुको खोजी भइरहेको प्रहरील जनाएको छ ।


भर्खर

सेती अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी

धनगढी : सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिवार साँझ धनगढी

वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका

वैद्यनाथमा भजन–कीर्तनका लागि साङ्गीतिक सामग्री हस्तान्तरण

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा साप्ताहिक शनिवार सञ्चालन हुँदै