ब्राउन सुगरसहित दुई जना पक्राउ

Monday September 1, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ १६ गते ।

कैलालीका दुई स्थानबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट ९ दशमलव २३० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार आइतबार लागू औषध नियन्त्रण ब्युरो र गेटा प्रहरी चौकीको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–१, बिजौराबाट २७ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार राजुले चलाएको से.३ प ५१४१ नम्बरको मोटरसाइकलको ह्याण्डलमुनि लुकाएको अवस्थामा ९ ग्राम ब्राउन सुगर बरामद भएको छ ।

त्यस्तै, कैलालीको टीकापुर नगरपालिका–६, नारायणपुर चोकबाट प्रहरी टोलीले ४१ वर्षीय नारायण डगौरालाई २३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत