बैतडीमा बन्दुकको छर्रा लागेर वडा सदस्य घाइते

Thursday April 23, 2026

पढ्न लाग्ने समय :


बैतडी : बैतडीमा भरुवा बन्दुक पड्किएर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा सुर्नया गाउँपालिका–२ का वडासदस्य समेत रहेका ४५ वर्षीय दानबहादुर ऐरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बल्देव बडूले जानकारी दिए ।
ऐरी आफैँले भरेको बन्दुकको छर्रा घाँटीमा लागेर बुधबार साँझ घाइते भएको प्रहरीको भनाइ छ ।

घाइते ऐरीलाई जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको र अहिले माया मेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उक्त बन्दुक प्रहरीले नियन्त्रणले लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता बडूले जानकारी दिए ।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा