बैतडीमा फेरि एक निर्वाचन प्रहरीको मृत्यु

Tuesday February 24, 2026

पढ्न लाग्ने समय :


बैतडी : बैतडीमा फेरि एक जना निर्वाचनका लागि भर्ना भएका प्रहरीको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका–६ का ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहले बताए। मृतक भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत थिए। यससँगै जिल्लामा निर्वाचन प्रयोजनका लागि खटिएका प्रहरीको मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

ड्युटी सकेर मङ्गलबार साँझ घर फर्किएका भट्ट घरमै एक्कासि बेहोस भएको प्रहरीले जनाएको छ। बेहोस भएपछि उनलाई एम्बुलेन्समार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो।

स्वास्थ्य केन्द्रमा पु¥याउँदा चिकित्सकले राति मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाका कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसअघि पनि बैतडीमा दुई जना निर्वाचन प्रहरीको मृत्यु भएको थियो। यही फागुन ८ गते दशरथचन्द नगरपालिका–४ का ३८ वर्षीय महादेव वड घरमै अचेत अवस्थामा फेला पर्नुभएको थियो। त्यस्तै, माघ २० गते तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर सोही नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्द मृत्यु भएको थियो। निर्वाचनको तयारी भइरहेका बेला लगातार निर्वाचन प्रहरीको मृत्यु भएपछि जिल्लामा चिन्ता बढेको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।