बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

Friday May 1, 2026

पढ्न लाग्ने समय :


बैतडी : बैतडीको मेलौली नगरपालिका–८ कोटीगाउँस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बिहीबार राति करिब साढे १० बजेतिर मर्छलेबाट बगौरातर्फ जाँदै गरेको लु ५ त १५३९ नम्बरको ट्याक्टर सडक छेउमा पल्टिएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बल्देव बडूका अनुसार ट्याक्टरको ट्रालीमा सवार यात्रुहरू दुर्घटनामा परी घाइते भएका हुन् । घाइते हुनेहरूमा स्थानीय पदम ठगुन्ना, धनबहादुर बिष्ट, बलराम ठगुन्ना, सुवास ठगुन्ना, आकाश दमाइ, पशुपति दमाइ र अनिल ठगुन्ना रहेका छन ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टर चालक सुरेश ठगुन्नालाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश