बैतडीमा खानी सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
पढ्न लाग्ने समय :
बैतडी : बैतडीका नागरिक अगुवाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । विस्तृत अध्ययन सम्पन्न भएर निजी क्षेत्रले उत्खननको लाइसेन्स प्राप्त गरे पनि खानी सञ्चालन हुन नसकेको भन्दै उनीहरुले ज्ञापन बुझाएका हुन्।
बैतडीमा सिमेन्ट उद्योगमा प्रयोग हुने चुनढुंगा, फलाम तथा कृषि मलमा प्रयोग हुने फस्फोराइट खानी रहेका छन् ।
उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, नागरिक अगुवा तथा बुद्धिजीवीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उद्योग वाणिज्य सङ्घ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताए।
ज्ञापनपत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि विस्तृत अध्ययन सम्पन्न भई निजी क्षेत्र उत्खननका लागि तयार भए पनि विभिन्न सरकारी निकायमा फाइल अड्किएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको सामाजिक अभियन्ता महेशदत्त भट्टले बताए।