बैतडीको एक स्वास्थ्य चौकीका कर्मचारीले ६ महिनादेखि तलब पाएनन्

Friday March 13, 2026

पढ्न लाग्ने समय :


धनगढीः बैतडीको पुर्चौडी हाट स्वास्थ्य चौकीमा कार्यरत दुई जना कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन्। स्वास्थ्य चौकीको प्रयोगशालामा कार्यरत ल्याव टेक्निसियन सुरेन्द्र पुजारा र ल्याव असिस्टेन्ट डम्बरबहादुर कुँवरले गत असोज १ गतेदेखि हालसम्मको तलब नपाएका हुन्।

पुर्चौडी नगरपालिका मातहतको स्वास्थ्य चौकीमा कार्यरत पुजारा र कुँवरले ६ महिनादेखि आफूहरूले तलब नपाएको बताएका छन्। नगरपालिकाले करार सेवाका कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको भए पनि आफूहरूलाई अहिलेसम्म नियुक्तिसमेत नदिएको बताएका छन्। स्वास्थ्य चौकी प्रमुखलाई लेखिएको पत्रमा पुजारा र कुँवरले नियुक्ति नदिइएको, तलब पनि नदिएको र करार सम्झौतासमेत रद्द नगरी आफूहरूलाई वेवास्ता गरिएको गुनासो गरेका छन्।

नगरपालिका र स्वास्थ्य चौकीले काम गर्ने विश्वासिलो आधार तयार नगरेकाले पुजारा र कुँवरले आफूले गर्दै आएको कामलाई निरन्तरता दिन नसक्ने बताएका छन्। उनीहरूले फागुन २९ गतेदेखि नै हडताल गर्ने भन्दै स्वास्थ्य चौकी प्रमुख दिपेन्द्रबहादुर धामीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

यता स्वास्थ्य चौकी प्रमु्ख धामीले भने नगरपालिकाले नियुक्ति र तलब नपठाएकाले समस्या भएको बताए। तर पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले भने जेन्जी आन्दोलनपछि निर्माण भएको सरकारले स्वीकृत दरबन्दी भन्दा बाहेकका कर्मचारीले तलब भत्ता नखुवाउन परिपत्र गरेकाले नियुक्ति दिएर तलब खुवाउन समस्या भएको बताए। उनले नगरपालिकाले भर्ना गरेका करिब विभिन्न सेवाका करिब १५० जना कर्मचारीलाई असोजदेखि तलब खुवाउन समस्या भएको बताए।

 


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश