बालगायक सचिन परियारकाे निधन

Thursday January 2, 2025

पढ्न लाग्ने समय :


बालगायक सचिन परियारको निधन भएको छ । गुल्मी घर भएका परियारको विहिबार महाराजगञ्जको शिक्षण अस्पतालमा निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिनुभएको छ । सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण उनको निधन भएको त्रिवि शिक्षण अस्पताल प्रशासनले जनाएको छ । गाउँले शैलीमा बोल्ने र गीत गाउने सचिन विशेष गरेर सामाजिक सञ्जालमा निकै लोकप्रिय थिए ।

उनले केही म्युजिक भिडियो र टेलिशृङ्खलामा अभिनयसमेत गरेका थिए । गुल्मीबाट पढाउन भनेर विभिन्न सङ्घ–संस्थाले सचिनलाई काठमाण्डौ ल्याएका थिए । १३ वर्षीय सचिनको निधनमा सामाजिक सञ्जालको टाइमलाइन शोकमा डुबेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको निधनमा दुःख व्यक्त गर्दै यस्तो नियति दोहोरिन नहुने धारणा राखिरहेका छन् ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत