बाजुरामा ढुङ्गा प्रहार गरेर युवकको हत्या

Thursday June 4, 2026

पढ्न लाग्ने समय :


धनगढी : बाजुरामा एक जनाको हत्या भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–६ कोटिला बस्ने ३२ वर्षीय निर रावतको बुधवार राति हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले आपसी विवादका क्रममा रावतको हत्या भएको पाइएको बताए । उनकाअनुसार हत्यामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकेन्द्र रावतलाई पक्राउ गरिएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले राति नै पक्राउ गरेको हो । अहिले जिप्रकाबाट प्रहरी निरीक्षक शाही नेतृत्वको टोली घटनास्थलतर्फ गइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा आपसी विवादका क्रममा टेकेन्द्रले निरलाई ढुङ्गा प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ ।

मृतकको शव घटनास्थलमै रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा