बाजुरामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, सात घाइते

Monday July 20, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : बाजुराको हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी-क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित सातजना घाइते भएका छन् ।
धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सुप्रप्र ०१-००१ ज १४७८ नम्बरको जीप सोमबार सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा हिमाली गाउँपालिका–२ बस्ने ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका-५ का अन्दाजी ४० वर्षीय अम्मरसिंह बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक बाजुराको हिमाली गाउँपालिका-२, नातीखोला बस्ने २५ वर्षीय जनविर बुढा, सोहीका ३१ वर्षीय मिजरा बुढा, हुम्लाको ताजाकोट गाउँपालिका–५ बस्ने २० वर्षीया अस्मिता थापा, सोहीका २८ वर्षीया जंगसिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वषीय लोकेन्द्र बुढा, ९ वर्षीया सुस्मा बुढा घाइते छन् । दुर्घटनामा परेर घाइते भएकाहरूको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।