बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

Monday May 11, 2026

पढ्न लाग्ने समय :


बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

गत आइतबार दिउसो ३ बजे कवाडी खोलामा नुहाउन गएका हिमाली गाउँपालिका -१ मैर्तनाका चङ्खलाल थापाका १४ वर्षीय छोरा नवराज थापाको खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार मृतक बालक गत आइतबार दिउसो ३ बजे कवाडी खोलामा नुहाउने क्रममा वेपत्ता भएका थिए ।” उनले भने, “हिजोदेखि खोजी कार्य गर्दा पत्ता लागेको थिएन । आज प्रहरी स्थानीयले फेरि त्यसै खोलामा खोजी कार्य गर्दा झण्डै दुईसय मिटर तल फेला परेका हुन् ।” मृतक बालकलाई अहिले उनको आफन्तलाई बुझाइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी शाहीले बताए ।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा