बाजुराको लाम्पाटामा सुरक्षाकर्मी परिचालन

Monday May 25, 2026

पढ्न लाग्ने समय :


धनगढीः बाजुराको हिमाली गाउँपालिका–३ अन्तर्गत लाम्पाटामा सीमा विवादका कारण कुटपिटको घटना भएपछि त्यहाँ थप सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनापछि क्षेत्रको वस्तुगत अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटाइएको हो।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयको समूहले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङ सहित पाँच जनामाथि कुटपिट गरेको थियो। ’हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानका क्रममा धनगढीका मेयर गोपाल हमालको नेतृत्वमा पुगेको टोली स्थानीय अवरोधका कारण साइपाल बेसक्याम्प नपुग्दै फर्किनुपरेको थियो।
घटना भएको करिब एक हप्तापछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा २६ जनाको टोली लाम्पाटातर्फ पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले लाम्पाटाको अवस्था बुझ्न संयुक्त टोली खटाइएको जानकारी दिए।
उनका अनुसार शनिबार परिचालित टोली आइतबार (आज) लाम्पाटा पुग्नेछ। सशस्त्र प्रहरीको नेतृत्व प्रहरी सहायक निरीक्षक (असई) ले गरेका छन्। लाम्पाटामा प्रहरी चौकी निर्माण र सीमा विवादकै विषयलाई लिएर कुटपिटमा परेका वडा सदस्यसहित घाइतेहरू उपचारका लागि काठमाडौँ लगिएका थिए।
प्रहरीका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ र सबै उपचारपछि डिस्चार्ज भइसकेका छन्।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा