बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि

Friday May 10, 2024

पढ्न लाग्ने समय :


बागमती। बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि हेटौँडामा सुरु हुँदैछ । तीन दिनसम्म जारी रहने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले जानकारी दिए।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाबाट १६ देखि ३० वर्ष उमेर समूहका दुई सयभन्दा बढी सहभागिता हुने उपाध्यक्ष चौलागाईँले बताए ।

प्रदेशका युवाको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुने सम्मेलनमा सहभागी युवाबीच आपसी सञ्जाल निर्माण, नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलापलगायत कार्यक्रम हुनेछ ।

विश्वविद्यालय शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको तथा उच्च शिक्षाका लागि विदेशिने प्रवृत्ति बढेको विषयमा पनि केन्द्रित छलफल हुनेछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।